banner
HomeTeamNewsPress ReleasesMembershipGalleryPublicationsContact
you are here > Press Release
   

देवकोटा शतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझ


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले अक्टोबर १०, २००९, शनिवारका दिन न्यृ्योर्कको ज्याक्सन हाइटमा सयौं देवकोटा जयन्तीको अवसर पारेर देवकोटा शत बार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझको भब्यताका साथ आयोजना गर्‍यो ।  कार्यक्रमको प्रमुख अतिथिमा अ. ने. सा. स. का केन्द्रिय संस्थापक अध्यक्ष्य श्री होमनाथ सुबेदीज्यृ् रहनु भएको थियो। स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा प्रमुख अतिथि श्री होमनाथ सुबेदीज्यृ्लॆ माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गर्नु भई कार्यक्रमको सुरुवात गर्नु भयो ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी निबर्तमान अध्यक्ष श्रीमती गीता खत्रीले उहांको कार्यकालमा उहांलाई सहयोग पुर्याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै अ. ने. सा. स. न्यूयोर्क च्याप्टरकी नब निर्बाचित अध्यक्ष्य श्रीमती ज्योति पौडेललाई कार्यभार हस्तान्तरण गर्नु भयो ।


नब निर्बाचित अध्यक्ष्य  ज्योति पौडेलले कार्यक्रममा भाग लिन आउनु भएका विशिष्ट पाहुना तथा साहित्य प्रेमीहरुलाई स्वागत गर्दै नयाँ कार्य कार्यकारिणी समितिको चिनारी गराउनु भयो। अन्तरारष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरको उद्देश्य र आगामी कार्यक्रमहरुको बारेमा छोटो चर्चा गर्दै उहाँले देवकोटा शतबार्षिकी कार्यक्रम औपचारिक रुपमा सुरु भएको घोषणा गर्नु भयो।


कार्यक्रममा नेपालबाट प्राप्त भएका देवकोटा सम्बन्धी भिडियो सन्देशहरु देखाइएको थियो जस्मा राष्ट्रकवि श्री माधब प्रसाद घिमिरे, साहित्यकार डा. वासुदेव त्रिपाठी, कथाकार श्री मधुवन पौडेल तथा देवकोटाका सुपुत्र, डा. पद्म प्रसाद देवकोटाबाट प्राप्त सन्देशहरु थिए। महाकबि देवकोटाका बारेमा श्रीमती मृदुला कोइरला र श्रीमती सीता खरेलले चर्चा गर्नु भयो। यसै गरि रेडियो नेपाल बाट प्राप्त देवकोटा सम्बन्धी अडियो कार्यक्रम पनि सुनाइएको थियो। श्रीमती वन्दना काफ्लेले देवकोटा द्वारा रचित इश्वर तैले रचेर फेरि कसरी बिगारिस भन्ने गीत आफ्नो कोकिल कण्ठले गाएर सहभागीहरुलाई मुग्ध बनाउनु भएको थियो।                           

कविता वाचन कार्यक्रममा प्रतियोगी र अप्रतियोगी दुबै थरीका कविताहरु बाचन भएका थिए । प्रथम चरणमा बाल कविका कविताहरु बाचन गरिएका थिए । बाल कवि तथा कवयत्रीहरु क्रमश  रायन श्रेष्ठ पुज्यता राजभण्डारी, आश्तिक रिसाल, सम्यक पराजुलि, एनिशा रायमाझी, सुशाना पोखरेल, अनुपमा सापकोटा र प्रज्ञा सापकोटा हुनुहुन्थ्यो। प्रथम पुरस्कार अनुपमा सापकोटाको ”Who am I?” ले जित्यो भने व्दितीय पुरस्कार सम्यक पराजुलिको ”My New House” र तृतीय पुरस्कार पुज्यता राजभण्डारीको ”Beloved Poet” ले टप्काएको थियो।

बयस्क कवि तथा कवयत्रीहरु हरि शर्मा, रामचन्द्र थापा, अनन्त रिसाल, गीता खत्री, पुनम काफ्ले, ज्योति पौडेल, विनोद रोका, शरद निरौला, मन्जु निरौला, महेश बिक्रम शाह, युबराज सिंह कार्की, सहदेव पौडेल, सरोज अर्याल, टेक गुरुङ, मिलन शाहि, सीता खरेल, परिता राजभण्डारी हुनुहुन्थ्यो। प्रथम विजेता हरि शर्माको ”लक्ष्मी तिम्रो अभाव नखट्कियोस्” भयो भने दोश्रा र तेश्रा क्रमश रामचन्द्र थापाको ”एउटा कवि” र युबराज सिंह कार्की को ”महाकवि देवकोटामा श्रद्धा सुमन” भए । कार्यक्रममा प्रतियोगि भन्दा अप्रतियोगी कविताहरुको संख्या बढि थियो। 

प्रमुख अतिथि  श्री होमनाथ सुबेदीज्यृ्ले न्यूयोर्क च्याप्टरले गरेको यस देवकोटा शतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझ कार्यक्रम अत्यन्त गहन र सफल भएको र च्याप्टरमा रहेको सशक्त महिला सहभागिताको दीलै देखी प्रसंसा गर्नु भएको थियो। उहांले अ. ने. सा. स. का ५८ वटा च्याप्टरहरु मध्ये न्यूयोर्क च्याप्टरलाई अग्रपंक्तिमा राख्न्नु भयो। न्युयोर्कमा यति धेरै प्रतिभाहरु देख्दा आफु अत्यन्त प्रभाबित भएको बताउनु भयो ।

प्रतियोगितात्मक कविताको मुल्याङ्कनको लागि निर्णायकहरुमा श्री अनन्त रिसाल, श्रीमती सीता खरेल र श्री शरद निरौला रहनु भएको थियो। निर्णायक मण्डलका संयोजक श्री अनन्त रिसालले प्रमथ व्दितीय र तृतीय पुरस्कारको घोषणा गर्नु भएको थियो। पुरस्कार वितरण प्रमुख अतिथि श्री होमनाथ सुबेदीज्यृ्ले गर्नु भएको थियो । कार्यक्रममा भैली गीत गाएर तिहारको सम्झना राम्रै रुपमा  गराइएको थियो ।

कार्यक्रमको सन्चालन कलाकार श्री शैलेश श्रेष्ठ र अ. ने. सा. स. न्यू योर्क च्याप्टरकी महासचिव श्रीमती परिता राजभण्डारीले गर्नु भएको थियो। म्युजिक सिस्टम, भिडिओ प्रोजेक्सन, प्रमाण पत्र डिजाईन तथा छपाई इत्यादि प्राभिधिक पक्षको जिम्मा श्री बद्री पौडेलले लिनु भएको थियो भने, फोटोग्राफीको जिम्मा श्री किरण काफ्ले तथा ध्रुब खनालको थियो।  श्री प्रभात राजभण्डारीले  रजिस्ट्रेसन सम्भाल्नु भएको थियो, खानाको सुपरिवेक्षण श्री  नील मणि खरेलले गर्नु भएको थियो भने कार्यक्रमको देखरेख  अ. ने. सा. स. न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष श्री राम खत्रीले गर्नु भएको थियो। कार्यक्रममा करीव १५० जती सहभागीहरुको जमघट थियो।

अन्तमा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरुलाई अ.ने.सा.स. न्यृ्योर्क च्याप्टरकी उपाध्यक्ष श्रीमती पुनम काफ्लेले धन्यवाद ज्ञापन गर्नु भयो । मीठो रात्रिभोज तथा सांगीतिक नृत्यकासाथ कार्यक्रमको समापन भएको थियो।

परिता राजभण्डारी
महासचिव , अ ने सा स न्यूयोर्क

 

Press Release on Devkota Shatabarshiki. October 11, 2009

INLS, New York Chapter celebrated “100th. Mahakavi Laxmi Prasad Devkota Jayanti (Shatabarshiki), Literary Competition and Deepawali Sanjh” in Jackson Height, New York on Oct. 10, 2009.   

The program began with Deep Prajwalan and Malyarpan to the picture of Great Poet by the Chief Guest Mr. Hom Nath Subedi – Founder President and Chairman, Board of Trustees, INLS.  Panchakanyas  stood at the stage holding candles on their hands while the National Anthem was played.


Outgoing president, INLS, NY Chapter Mrs. Gita Khatri thanked her team and all others for the support extended to her during  her presidency. She then officially handed over the charge to newly elected INLS, NY chapter president Mrs. Jyoti Poudel. New president Mrs. Poudel welcomed the guests, briefly outlined the future work plan of INLS, NY and introduced the new members of her team. She then announced the formal opening of the “Devkota Shatabarshiki, Literary Competition & Deepawali Sanjh” program. 


 Video messages received from renowned poets and literary figures in Nepal were shown. Those sending the video messages were the National Poet Madhav Prasad Ghimire, Senior Litterateur Dr. Bashudev Tripathi, Litteratuer and senior diplomat Mr. Madhuban Paudel and the eldest son of the Great Poet  Dr. Padma Prasad Devkota.

Mrs. Mridula Koirala and Mrs. Sita Kheral highlighted the personality and literary work of the Great Poet Devkota. An audio message prepared specially for Devkota Shatbarshiki  by Radio Nepal was also  played in the program. Mrs. Bandana Kafle presented the song from the Great Poet’s Muna Madan-“Ishwar taile rachera pheri kasari bigaris” with her melodious voice. 


During the second half of the program, poetry recitation took place. There were more than two dozen poems both from children & adults which were organized into two categories: competitive and non competitive. Among the children  were Rayan Shrestha, Pujyata Rajbhandari, Astik Risal, Samyak Parajuli, Anisha Rayamajhi, Sushana Pokhrel, Anupama Sapkota and Pragya Sapkota. Anupama’s “Who am I?”  Samyak’s “My new house”  & Pujyata’s “Beloved Poet” were declared 1st 2nd and 3rd respectively. Hari Sharma, Ramchandra Thapa, Ananta Risal, Gita Khatri, Poonam Kafle, Jyoti Poudel, Binod Roka, Sarad Niraula, Manju Niraula, Mahesh Bikram Shah, Yubraj Sing Karki, Shahadev Poudel, Saroj Aryal, Tek Gurung, Milan Shahi, Sita Kharel , Parita Rajbhandari were among adult poets. “Laxmi Timro Avab Nakhatkiyos” by Hari Sharma, “Euta Kabi” of Ramchandra Thapa  and “Mahakabi Devkota ma Shraddha Suman” by Yubraj Sing Karki were declared 1st 2nd and 3rd  respectively. The number of competitive poems were  less compared to noncompetitive poems.


INLS, NJ Chapter’s President Mr. Ananta Risal, INLS, DC Chapter’s President Mr. Sharad Niraula & INLS, NY chapter’s Executive Member Mrs. Sita Kharel were in the judges panel.   Coordinator of judges panel Mr. Ananta Risal announced the results of literary competition. Chief Guest Mr. Hom Nath Subedi distributed the prizes to the winners.


Chief Guest Mr. Subedi addressing the audience ranked this program as one of the best programs organized so far by INLS Chapters. He also said that NY chapter stood first among the 58 chapters of INLS when it comes to literary activities. He was very happy to see such a good talent in the NY Chapter and commended the active ladies’ participation in the INLS activities. Traditional Deusi Bhailo was played to  Commemorate the Deepawali celebration back home.


The program was anchored by artist Mr. Sailesh Shrestha and INLS, NY Chapter’s General Secretary Mrs. Parita Rajbhandari. Music system, video projection, certificate design, and printing and other technical works were handled by Mr. Badri Poudel, Photography was taken care by Mr. Kiran Kafle & Mr. Dhruba Khanal. Mr. Prabhat Rajbhandari took care of the registration, Mr. Nil Mani Kharel handled Food supervision and  INLS, NY Treasurer Mr. Ram Khatri did overall coordination. There were about 150 participants in the program. At the end of the program   INLS, NY Chapter’s Vice President Poonam Kafle presented the vote of thanks. The program ended with delicious dinner and  dance .

 

Parita Rajbhandari

General Secretary, INLS NY

 

 

 

 

Other Links
   
   
 
   
Web Mail
   
Protected Page
 
 
 
   
Copyright © 2009 International Nepali Literary Society, New York.  All Rights Reserved.