banner
HomeTeamNewsPress ReleasesMembershipGalleryPublicationsContact
you are here > Press Releases
   
Press Releases

भिमनिधी तिवारी सतबार्षिकी समारोह २२ जनवरी २०१२

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्यापटरको आयोजनामा यहि जनवरी २२  तारिख २०१२मा ज्याक्सन हाइट स्थित चौतारी रेस्टुरेन्टमा नाटककार भिमनिधी  तिवारी ज्युको सत वार्षिकी  तथा सहित्यकार दैबज्ञराज न्यौपानेज्युको संम्झनामा श्रदान्जली  समेत सम्पन्न भयो ।

महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्युको प्रमुख  आतिथ्य तथा च्यापटरका अध्यक्ष पुनम  काफ्लेको सभापतित्व र अन्तराष्ट्रिय   नेपाली साहित्य समाजका केन्द्रिय महासचिब गीता खत्री, च्याप्टरका पूर्व   अध्यक्ष ज्योति पौडेल, पूर्ब महासचिब परिता राजभण्डारी, पूर्ब कोषाध्यक्ष राम   खत्री, सल्लाह्कार जगदिश उपाध्याय, मृदुला कोइराला, बिनोद रोका, शैलेश  श्रेष्ठ लगायत पत्रकार, समाजसेबी महानुभाबहरूको उपस्थितीमा सम्पन्न भएको   उक्त कार्यक्रम महासचिब बिकास बिष्टले सन्चालन गर्नु भएको थियो |  उक्त   कार्यक्रममा  राष्ट्रिय गीत, दीप प्रज्वलन र साहित्यकारहरुको तस्विरमा माल्यार्पण बाट प्रारम्भ गरी १ मिनेट दैबज्ञराज न्यौपानेज्यु को सम्झना मा श्रद्धा स्वरूप मौन धारण  पस्चात च्याप्टरको उपाध्यक्ष सिता खरेलले स्वागत मन्तब्य ब्यक्त   गर्नु भई नाटककार भिमनिधीको तथा दैबज्ञराज न्यौपानेको बारेमा,  प्रधान  सम्पादक धनीराम सापकोटा, पुनम काफ्ले, सल्लाहकार मृदुला कोइराला तथा  प्रमुख अतिथी महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्यु ले साहित्यकार  भिमनिधी तिवारी तथा दैबज्ञराज न्यौपाने ले नेपाली साहित्य जगतमा पुराउनु भएको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो | उक्त  कार्यक्रममा रामचन्द्र थापा, बद्री पौडेल, ज्योति पौडेल, बिकाश बिष्ट,  पुनम काफ्ले, कमला प्रसाइ, मनु लोहारुङ राइ, परिता राजभण्डारी, बन्दना  कोइराला, बिनोद रोका र राजेन्द्र श्रेष्ठले आ-आफ्ना रचना सुनाउनु भएको  थियो । करीब दुइ घण्टा लामो सो कार्यक्रममा नेपाली साहित्य प्रेमी न्युयोर्क तथा न्युजर्सी वासी महिला तथा सज्जनहरु को उपस्थिति रहेको थियो |

 

समवेदना १७ डिसेम्बर २०११

नेपाली भाषा र साहित्य का बरिष्ठ सहित्यकार दैबज्ञराज न्येउपानेज्यूको ६४ वर्षको अल्पायुमा असामयिक निधनले नेपाली साहित्य जगतलाई फेरी एकपटक स्तब्ध बनाएको छ | जीवन मरण यथार्थ हो, तर पनि यस्लाई मनन गर्न गार्हो छ | यस दु:खको घडीमा शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्दै अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क स्व. दैबज्ञराज न्येउपानेज्यूको आत्माले चीर शान्ति पायोस भनी कामना गर्दछ |

  -पूनम काफ्ले
 अध्यक्ष , अ ने सा स , न्यूयोर्क

 

102nd Devkota Jayanti. October 22, 2011

For Press Release on INLS NY Annual Event - Devkota Jayanati, Deepawali and Competitive Literary Program please click here

 

 

Donation to Bhanu Pratishthan in Nepal. August 28, 2011

On behalf of INLS New York Chapter, President Jyoti Poudel donated US Dollars 1000 to Bhanu Pratisthan at a  Program jointly organized by Bhanu Pratishthan and Nepal Academy at the Academy Hall in Kathmandu on 28 August 2011. The program was organized to plan for 200th Birth Anniversary Celebration of the Ancient Poet Bhanu Bhakta Acharya.  While presenting the check to Bhanu Pratishthan's President Prof. Dr. Brata Raj Acharya,  Mrs. Poudel expressed her happiness in contributing the seed money towards the great initiatives of Bhanu Pratishthan despite the fact that INLS NY itself is a voluntary and non-profit organization . In return Dr. Acharya thanked Mrs Poudel and INLS NY for supporting the Pratishthan and confirmed that the funds donated by INLS NY will be properly utilized to develop the website of the Pratishthan and collect and post various Bhanubhakta related materials (books, documents, audio, visuals, Research Materials etc ) on the website both in Nepali and foreign languages so that the audience both in Nepal and overseas can have easy access to such information.  The program was attended by senior officials from Bhanu Pratisthan and Nepal Academy, Scholars and teachers from various Schools. National Poet Madhav Ghimire was invited as the Chief Guest of the program.  Please click below for:

Proposed Program Outline                                Pictures

 

 

198th Bhanu Jayanti . July 16, 2011

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले जुलाई १६ , २०११ मा कुइन्सको आस्टोरिया पार्कमा एक बिशेष समारोहको आयोजना गरि १९८औं भानु जयन्ति मनायो | सामरोहका प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि माहामहिम श्री ज्ञान चन्द्र आचार्य ज्यू हुनुहुन्थ्यो | त्यस्तै नेपालबाट आउनुभएकी बरिष्ठ कथाकार तथा उपन्यासकार पद्मावती सिंहलाई बिशेष अतिथिको रुपमा निम्त्याइएको थियो | कार्यक्रममा न्यू योर्क स्थित साहित्यकारहरु, साहित्यप्रेमी हरु , अ ने सा स का सल्लाहकारहरु, सदस्यहरु पत्रकारहरु , नेपाली मूलका भुटानीहरु, शुभचिन्तकहरु गरि झन्डै ७५ जनाको उपस्तिथी थियो | कार्यक्रम राष्ट्रिय गान र प्रमुख अतिथिद्वारा आदिकवि भानुभक्तको तस्विरमा माल्यापर्ण गरेर शुरु भएको थियो | कार्यक्रममा स्वागत मन्तब्य राख्दै अ ने सा स न्यू योर्क च्याप्टरकी अध्यक्ष ज्योति पौडेलले खुला पार्कमा राष्ट्रिय विभूतिको सम्झना र सम्मान गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो | भानुभक्तको सम्मान गर्नु भन्नु नै देशको सम्मान गर्नु हो भन्दै श्रीमती पौडेलले अ ने सा स न्यू योर्कले भानुभक्त सम्बधित बृहत कार्यहरु गर्ने उद्देश्यले नेपालमा स्थापना भएको भानु प्रतिष्ठानलाई केही आर्थिक सहयोग गर्न लागेको जानकारी गराउनु भयो |

त्यसपछि भानुभक्त बारे बोल्दै डा. गोविन्द कोइरालाले भानुभक्तको रामायण उल्था मात्र नभई भावानुवाद थियो भन्दै बधु शिक्षा पनि त्यसबेलाको परिस्तिथिलाई सुहाउने कृति भएको बताउनु भयो | डा. कोइरालाले आफ्नो मन्तब्य रामायाण श्लोक “ एक दिन नारद सत्यलोक ...” लाई मिठो स्वरमा गाएर शुरु गर्नु भएको थियो | कार्यक्रममा साहित्यकार पद्मावती सिंह लाई संस्थाको तर्फबाट अध्यक्ष ज्योति पौडेल , उपाध्यक्ष पूनम काफ्ले र कार्यकारी सदस्य मोहिनी सैंजुले खादा ओढाएर र पुष्प गुच्छा दिएर सम्मान गर्नु भएको थियो | सम्मान गर्नु पूर्व च्याप्टरकी महासचिव परिता राजभण्डारीले श्रीमती सिंहको छोटो परिचय गराउनु भएको थियो |

उक्त समारोहमा रिज उड नेपाली समाज न्यू योर्क वाट प्रकाशित श्री चन्द्र कान्त आचार्य द्वारा लिखित न्युयोर्क सुन्दरी उपन्यासको उपन्यासकार सिंहले बिमोचन गर्नु भएको थियो | बिमोचनपूर्व प्रकाशकको तर्फवाट बोल्दै रिज उड नेपाली समाज न्यू योर्क का अध्यक्ष श्री पराजुलीले आफु साहित्यकार नभए पनि साहित्यिक कृतिको प्रकाशन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै भानु जयन्तिको मौका पारेर बिमोचन गर्ने प्रबन्ध मिलाइदिएकोमा अ ने सा स न्यू योर्क लाई हार्दिक धन्यवाद दिनु भयो | बिमोचन पस्च्यात न्युयोर्क सुन्दरी को बिश्लेषण गर्दै च्याप्टरकी कार्यकारी सदस्य सीता खरेलले न्युयोर्क सुन्दरी अमेरिकि र नेपाली संस्कृतिको फ्युजन हुनाका साथै अमेरिकी, नेपाली र ताइबानी पात्रहरुमा आधारित भएको र धेरै रोचक र सरल भाषामा लेखिएकोले उपन्यास पढ्दा सरर जाने र छोड्न मन नलाग्ने खालको छ भन्नु भयो | न्युयोर्क सुन्दरीको प्रकाशन गरि साहित्यिक योगदान गरेकोमा रिज उड नेपाली समाज न्यू योर्क लाई धन्यबाद दिदै च्याप्टरकी अध्यक्ष पौडेलले रिज उड समाजका अध्यक्ष श्री पराजुलीलाई खादा र पुष्पगुच्छाले सम्मान गर्नु भएको थियो |

कार्यक्रमको दोश्रो चरणमा कविताहरु वाचन गरिएका थिए | वालवालिकाहरुको तर्फवाट कविता वाचन गर्ने हरुमा श्रेया तुलाधर , रोशन शर्मा र रायन श्रेष्ठ थिए भने बयश्क कवि कबियत्रिहरुमा किरण काफ्ले , मनि बांग्देल, नगेन्द्र इन्ग्नाम , बिकाश बिस्ट, रामचन्द्र थापा, ज्योति पौडेल, पूनम काफ्ले, परिता राजभण्डारी, कृष्णा गौतम, गोविन्द कोइराला, हरि शर्मा, विजय थापा, बन्दना कोइराला, बिद्या बराल , कमला प्रसाई , सहदेव पौडेल, शान्ता घिमिरे , प्रदिप थापा आदि हुनुहुन्थ्यो |

कविताको कार्यक्रम पछि बोल्दै समाजसेबी डा. तारा निरौलाले हामी जहाँ बसे रहे पनि भानुभक्त जस्ता राष्ट्रिय विभूतिहरुलाई बिर्सन नहुने धारणा राख्दै कार्यक्रमको आयोजना गरेकोमा च्याप्टरलाई धन्यवाद दिनु भएको थियो | विशेष अतिथि पद्मावती सिंहले न्यु योर्कमा आएर भानु जयन्तिमा सरिक हुन र पुस्तक बिमोचन गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्दै साहित्यिक क्षेत्रमा पुर्याएको योगदान र आफुलाई प्रदान गरेको सम्मानको लागि च्याप्टरलाई हृदय देखिने धन्यवाद दिनु भयो | विशेष अतिधि महामहिम आचार्यले आफु भानुभक्तको बंशजको नाताले हेर्दा इस्ट रिभर को किनारामा अबस्थित अस्टोरिया पार्कमा मनाइएको भानु जयन्तिले आदिकविको थलो चुँदी रम्घालाई सम्झना दिलायो भन्दै आदिकविको रामायणको मौलिकता बारे प्रकाश पार्नु भएको थियो | मुख्य अतिथिले हरेक वर्ष यसरी भानुभक्तको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै कविता वाचनकासाथ भानु जयन्ति र बिबिध साहित्यिक कार्यक्रमहरु गर्दै आएकोमा च्याप्टरको प्रसंशा गर्नु भयो | कार्यक्रमको अन्तमा च्याप्टरकी उपाध्यक्ष पूनम काफ्लेले च्याप्टरको निमन्त्रणा स्विकार गरि कार्यक्रमा पाल्नु भै च्याप्टरलाई प्रोत्साहन गर्नु भएकोमा प्रमुख अतिथि आचार्य, विशेष अतिथि सिंह र सम्पूर्ण सहभागीहरुलाई च्याप्टरको तर्फबाट हार्दिक धन्यबाद दिनु भएको थियो | कार्यक्रमको संचालन च्यापटरकी महासचिव परिता राज भण्डारीले गर्नु भएको थियो | कार्यक्रम पस्च्यात पार्कमै स्वादिस्ठ दीवा भोजको व्यवस्था गरिएको थियो | दिउसो १२ बजे तिर शुरु भएको कार्यक्रम सौहार्द वाताबरणमा लगभग ४ बजे समाप्त भएको थियो |

कार्यक्रमका तस्विरहरुको लागि तल क्लिक गर्नुहोस् |
http://www.inlsny.org/photos/198_bhanu_jayanti/bhanu.html

 

March 6, 2011

समवेदना

नेपालका वरिष्ठ  उपन्यासकार डायमण्ड शमशेर राणाको  ९४  वर्षको उमेरमा यही मार्च ४,  २०११  का दिन निधन भएको छ | उहाको निधनले नेपाली साहित्य जगतमा  ठुलो क्षति हुन गएको छ| श्री राणाको नेपाली साहित्यिक क्षेत्रमा ठुलो योगदान रहेको छ | उहाका चर्चित कृतिहरुमा  'सेतो बाघ',  'वशन्ती' , 'सत्प्रयास', 'अनिता' आदि पर्दछन| उपन्यासकार राणाको नर्भिक अस्पताल काठमाडौंमा उपचार भैरहेको थियो |

यस दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै अ.ने.सा.स. न्यूयोर्क शाखा, परिवारका तर्फदेखि हार्दिक समवेदना प्रकट गर्दछु |       

 

- ज्योति पौडेल 

अध्यक्ष , अ ने सा स , न्यु योर्क 

 

 

January 22, 2011

देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क ले २२ जनवरी २०११ मा काठमाडौँ मा आयोजित एक बिषेश समारोहमा देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई यु एस डलर १००० सहयोग स्वरुप प्रदान गरेको छ | उक्त रकम अ ने सा स न्यु योर्कका सल्लाहकार बद्री पौडेलले “महाकवि लक्ष्मी प्रसाद देवकोटा - अन्तर्राष्ट्रिय प्रतिभा” विषयक छलफल कार्यक्रमका बीच प्रदान गर्नु भएको थियो | सल्लाहाकार पौडेलले देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. पद्म प्रसाद देवकोटालाई रकम हस्तान्तरण गर्नु पूर्व अ ने सा स न्यु योर्कको छोटो परिचय गराउनुका साथै समाजकी अध्यक्ष ज्योति पौडेलले पठाउनु भएको पत्र पढेर सुनाउनु भएको थियो |

उक्त कार्यक्रममा मुख्य अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरु छन् भन्ने कुरालाई विश्व जगतमा बुझाउन आबश्यक भएको बताउनु भयो | नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति गंगा प्रसाद उप्रेतीले महाकविको जीवनपद्दति र युग झल्कने संग्रहालय निर्माण गरी त्यसलाई पर्यटकीय महत्वको बनाउनुनेतर्फ सोच्नु पर्ने धारणा ब्यक्त गर्नु भयो | प्रा. ऋषिकेश उपाध्यायले प्रस्तुत गर्नु भएको “अन्तर्राष्ट्रिय पाठकहरुका लागि देवकोटा – सम्भाब्य कार्यक्रमहरुको परिशीलन” नामक कार्यपत्रमाथि बरिष्ठ साहित्यकारहरु  चुडामणि बन्धु, डा. तारानाथ शर्मा, गीता केशरी, कोषराज न्यौपाने आदिले आफ्ना मन्तब्य राख्नु भएको थियो |

अन्तमा केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. पद्म देवकोटाले कृतिहरुको अनुबाद गरेर मात्र नपुग्ने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्था , साहित्यकार , सरकारबीचमा सहकार्य गरी व्यापक रुपमा अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो | उहाले  अ ने सा स न्यु योर्कले केन्द्रलाई गरेको सहयोग प्रति हृदय देखि धन्यवाद दिदै केद्रका तर्फबाट केहि पुस्तकहरु उपहार स्वरुप प्रदान गर्नु भएको थियो |

अ ने सा स न्यु योर्कका अध्यक्ष ज्योति पौडेल र देवकोटा अनुसन्धान केन्द्रका अध्यक्ष डा. देवकोटाले पठाउनु भएका पत्रहरुको लागि तल क्लिक गर्नु होला

Letter from INLS NY President   Letter from DSRC President

 

January 21, 2011

  

डा. बरालको उपचारको लागि सहयोग

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क ले अमेरिकामा कार दुर्घटनामा परि उपचार गरिरहनु भएका नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा.कृष्ण हरि बरालको उपचारको लागि यु एस डलर २०० सहयोग स्वरूप उपलब्ध गराएको छ | डा. बराल बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी ,  २०११ साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा  कार दुर्घटनामा पर्नु भएको थियो | उक्त रकम ने सा न्यु योर्कका कोषाध्यक्ष राम खत्रीले संस्थाको तर्फबाट  कृष्णहरि बराल सहयोग कोषमा पेपाल मार्फत प्रदान गर्नु भएको हो | ने सा न्यु योर्क डा. बरालको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ 

 

December 13, 2010

समवेदना

 

नेपालका वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल 'गोठाले'को ८९ वर्षको उमेरमा यही डिसेम्बर १३, २०१० का दिन  निधन भएको |  उहाको निधनले नेपाली साहित्य जगतले ठुलो क्षति व्यहोर्नु परेको | श्री गोठालेको नेपाली साहित्यिक क्षेत्रमा ठुलो योगदान रहेको   | उहाका  चर्चित कृतिहरुमा  भुसको आगो, च्यातिएको पर्दा, पल्लो घरको झ्याल आदि   पर्दछन | यस दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै .ने.सा.. न्यूयोर्क शाखा, परिवारका तर्फदेखि हार्दिक समवेदना प्रकट गर्दछु |

 

- ज्योति पौडेल 

अध्यक्ष , ने सा , न्यु योर्क 

 October 30, 2010

1o1th Devkota Jayanti Celebration

 

October 19, 2010

समवेदना

ने सा न्यु योर्क च्याप्टरका सल्लाहकार तथा संयुक्त राष्ट्र संघका लागि नेपालका उप स्थाई प्रतिनिधि श्री शंकर बैरागीज्यूकी आमा भद्रकला बैरागीको येही अक्टोबर १९ तारिखका दिन न्यु योर्क मा भएको असामहिक निधनले हामी सबैलाई गहिरो चोट पुराएको | आमा भद्रकलाज्यू ८१ बर्षको हुनुहुन्थ्यो फोक्सोको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो | यस दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै श्री बैरागी ज्यू लगाएत सम्पूर्ण शोकसन्तप्त परिवारमा न्यूयोर्क च्याप्टर , परिवारका तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु

ज्योति पौडल

अध्यक्ष, .ने.सा.. न्यु योर्क

 

July 25, 2010

197th Bhanu Jayanti Celebration

 

July 1, 2010

समवेदना

नेपालका चर्चित साहित्यकार तथा समालोचक श्री कृष्णचन्द्र सिंह प्रधानको ८५  वर्षको उमेरमा १ जुलाई  २०१०  का दिन असामयिक निधन भएको छ | उहाको निधनले नेपाली साहित्य जगतले  ठुलो क्षति व्यहोर्नु परेको छ | यस दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै अ.ने.सा.स. न्यूयोर्क शाखा, परिवारका तर्फदेखि हार्दिक समवेदना प्रकट गर्दछु । 

ज्योति पौडल

अध्यक्ष,अ.ने.सा.स. न्यूयोर्क शाखा

 

May 22, 2010

Seminar on Nepali Literature and Nepali Diaspora

 

February 22, 2010

Felicitation Program in Honor of Litterateur Krishna Prasad Parajuli

 

October 31, 2009. Condolence to Dr. Kumar Basnet, President INLS on the sad demise of his father:

 

समवेदना

 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष तथा एनआरएनका प्रवक्ता डा. कुमार बस्नेतज्यूका पूजनीय पिता दिलबहादुर बस्नेतको ८० वर्षको उमेरमा २५ अक्टोबर २००९ का दिन असमायिक निधन भएको दुखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै डा. बस्नेतज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै अ.ने.सा.स. न्यूयोर्क शाखा, परिवारका तर्फदेखि हार्दिक समवेदना प्रकट गर्दछु । 

ज्योति पौडल

अध्यक्ष,अ.ने.सा.स. न्यूयोर्क शाखा

 

 

October 11, 2009. Devkota Shatabarshiki, Competitive Literary Program and Deepawali Celebration:


· in Nepali


· in English

 

June 21, 2009. Election of INLS Executive Committee:


In the general meeting of INLS members and board of advisors held on June 21, 2009  the new Executive Committee of INLS New York chapter was elected as follows:

 

President    Jyoti Poudel
Vice President   Poonam Kafle
General Secretary   Parita Rajbhandari
Treasurer   Ram Khatri
Executive Member
  Sita Kharel

 

As there were no candidates for remaining two Executive Committee members, the newly elected  Executive Committee was entrusted to select the remaining two executive members through consensus. The new Executive Committee will take charge as of October 10, 2009 for a period of two years. Until the new Board of Advisors is formed , the existing Board of Advisors will continue to advise the new Executive Committee.

- Poonam Kafle, General Secretary, INLS NY

 

 

 

 

Other Links
Web Mail
   
Protected Page
 
   
 
   
Copyright © 2009 International Nepali Literary Society, New York.  All Rights Reserved.