हिन्दी पो सप्रियो
बिनोद रोका, न्यु योर्क
आमाले भन्नु भो, अमेरिका गएस
धेरै डलर कमाई, ठूलो मानिस भएस
यो गाऊँको बास, शहरमा सारौला
इंगलीसमा बोलेर, सबका इख मारौला
भने झैं लाग्यो आशिष, न्युयोर्क आइयो
बल्ल तल्ल एउटा, पेट पाल्ने काम पाइयो
अच्छाजी र जाडोमा जीन्दगी कक्रियो
इंगलीस भन्दा बढी, हिन्दी पो सप्रियो |