International Nepali Literary Society, New York was estbalished in 2004 as a chapter of International Nepali Literary Society (INLS). INLS itself was established in 1991 in Washington, DC and incorporated in the District of Columbia, USA. INLS is an international organization of volunteer members who are interested in the languages, literature, art and music of Nepal. With the vision to keep Nepali identity alive and vibrant, INLS has above 55 chapters in 25 countries.
The mission of INLS is to preserve and promote Nepali Identity by uniting people of Nepali origin around the world through continuous encouragement for promotion of Nepali languages through writing, reading, publishing, distributing, and translating Nepali literature, culture, art, music and dance.
INLS, New York Chapter adopts INLS’ Vision, Mission and Objectives.
|
|
सन् १९९१ मा संयुक्त राज्य अमेरिकाको कोलोम्बिया डिस्ट्रिकमा दर्ता भै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको थियो | यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टरको रूपमा सन् २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको स्थापना भएको हो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वास्तवमा स्वैच्छिक हिसावले नेपाली भाषा, साहित्य, कला, संगीत आदिका क्षेत्रमा नेपाली डायस्पोरामा रहेर सेवा गर्न इच्छुक सबै व्यक्तित्वहरु सम्मिलित अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो | नेपालीपनलाई अन्तर्राष्ट्रिय जगतमा सजीव र गतिशील राख्नका लागि यत्नशील रहने पवित्र लक्ष्यका साथ हालसम्म संसारका २५ देशमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ५५ वटा भन्दा बढी च्याप्टरहरु स्थापना भै क्रियाशील रहेका छन् |
संसारभरमा छरिएर रहेका नेपाली मूलका मानिसहरुलाई संगठित गरी एकापसमा हरदम उत्साहित गराउंदै नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नृत्य आदिलाई लेखन, पठन-पाठन, प्रकाशन, वितरण र अनुवाद आदिका माध्यमबाट नेपालीत्वको भावनालाई हरिलोभरिलो तथा जीवन्त राख्दै नेपाली भाषाको प्रवर्धन र संरक्षण गर्नु नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विशिष्ट उद्येश्य रहेको छ |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले समाजका केन्द्रका मूख्य उद्येश्य, लक्ष्य र कार्यलाई नै मूलभूतरुपमा अवलम्वन गर्ने गर्दछ |
|
Dear Literary Lovers,
Welcome to the website of International Nepali Literary Society, New York Chapter. Since its inception in 2004, INLS New York chapter has been promoting Nepali literature, art and culture within the Nepalese Diaspora through various programs and activities. This website has been created to simplify the flow of information among all interested parties.
Your feedback and suggestions will be instrumental for us to improve our activities. Please visit the site often for upcoming events and other information.
I thank you for your interest in Nepalese literature, art and culture and look forward to your suggestions, participation and contribution in the activities of INLS, New York.
Poonam Kafle
President INLS, New York
|
|
प्रिय साहित्यप्रेमी जनहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको वेवसाइटमा यहाँहरुलाई स्वागत छ |
समाजको सन् २००४ मा स्थापना भएदेखि नै यसले नेपाली डायस्पोराका वीचमा नेपाली कला, साहित्य र संस्कृतिलाई विभिन्न कार्ययोजना र कार्यक्रमका माध्यमद्वारा प्रवर्धन र संरक्षण गर्दै आइरहेको छ | समाजले यो वेवसाइटको निर्माण पनि यिनै नेपाली कला, साहित्य र संस्कृतिसँग सम्बन्धित क्रियाकलापहरुलाई सबै साहित्यानुरागीहरु माझ सरल र सहज हिसाबले पहुँच पुर्याउने उद्देश्यले गरेको हो | अतः यहाँहरुका सुझाव, सल्लाह र सहयोगहरु समाजलाई थप सुधार गरी सशक्त, जीवन्त र प्रखर बनाइरहने माध्यमहरु हुन् भन्ने कुरामा दुई मत छैन | समाजले गरेका र आगामी दिनमा गर्ने क्रियाकलापका जानकारी लिनका लागि यहाँहरुले यो वेवसाइटलाई बढि भन्दा बढि प्रयोग गर्नुहुनेछ भन्ने बिश्वास लिएकी छु |
अन्त्यमा पुनः नेपाली कला, साहित्य र संस्कृतिउपरमा रहेको यहाँहरुको जिजीविषाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सुझाव, सल्लाह, सहभागिता र सहयोगहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरले सदा झैं निरन्तर पाइरहने अपेक्षा गर्दछु |
पूनम काफ्ले
अध्यक्ष, अ ने सा स , न्यू योर्क
|